सोमबार, भदौ १५, २०८३

ढोरपाटनमा शिकारका लागि आठ जनालाई अनुमति 

ढोरपाटन शिकार आरक्षमा शिकारका लागि आठ जनाले अनुमति पाएका छन्। बिहीबारबाट खुल्ने शिकारका लागि आठ विदेशी शिकारीले अनुमति पाएका हुन्।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– ढोरपाटन शिकार आरक्षमा शिकारका लागि आठ जनाले अनुमति पाएका छन्। बिहीबारबाट खुल्ने शिकारका लागि आठ विदेशी शिकारीले अनुमति पाएका हुन्। 

अनुमति पाउनेमा स्पेनका तीन, फ्रान्सका दुई, रसिया, अमेरिका र युक्रेनका एक–एक जना छन्। उनीहरूले यो सिजनमा आठ नाउर र चार झारलको शिकार गर्न पाउनेछन्। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शिकारको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्छ। अनुमति पाएका शिकारीले आरक्षणमा २१ दिन बस्न पाउँछन्। आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र  घुस्तुङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न व्यवस्था मिलाइएको छ।

बागलुङ, म्याग्दी र पूर्वी रुकुमको सीमानामा रहेको ढोरपाटन शिकार आरक्ष एक हजार ३०० वर्गकिलोमिटरमा फैलिएको छ। 
 

प्रकाशित: Mar 24, 2021| 06:52 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।