सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल समूहले स्पष्टीकरण नदिने, अध्यक्ष ओलीसँग नै जवाफ माग्ने

नेपाल समूहले स्पष्टीकरण नदिने, अध्यक्ष ओलीसँग नै जवाफ माग्ने

नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।
 |  बुधबार, चैत ११, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ११, २०७७

काठमाडौं– नेकपा एमालेको माधव नेपाल समूहले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बरु ओलीलाई नै जवाफ माग्ने बताएको छ।

उक्त समूहले सार्वजनिक चिठीमार्फत प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग जवाफ माग्ने भएको हो।

यसका लागि आज अपरान्ह बैठक बस्ने र त्यसपछि चिठी सार्वजनिक गर्ने एक नेताले जानकारी दिए।  उनीहरुलाई स्पष्टीकरणका लागि दिइएको समय आज सकिँदैछ। 

चैत ७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

केही दिनअघि महासचिवको तर्फबाट हस्ताक्षरसहित नेताहरूलाई स्पष्टीकरण सोधिएको थियो।

प्रकाशित: Mar 24, 2021| 08:29 बुधबार, चैत ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।