सोमबार, भदौ १५, २०८३

प्रदेश १ मा १२ हजार क्षयरोगी

प्रदेश १ मा करिब १२ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्भे २०७६–०७७ ले देखाएको छ।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

विराटनगर– प्रदेश १ मा करिब १२ हजार क्षयरोगी रहेको राष्ट्रिय क्षयरोग प्रिभिलेन्स सर्भे २०७६–०७७ ले देखाएको छ।

प्रति एक लाखमध्ये २४५ जनामा क्षयरोग हुने अनुमानका आधारमा सो तथ्याङ्क निकालिएको हो। मोरङमा सबैभन्दा बढी २ हजार ६६२ र तेह्रथुममा सबैभन्दा कम २४७ जनामा क्षयरोग रहेको सर्भेले देखाएको छ । 

गत आर्थिक वर्षमा प्रदेश १ मा क्षयरोगका कारण ११३ जनाको मृत्यु भएको सेभ द चिल्ड्रेन प्रदेश १ क्षयरोग कार्यक्रम संयोजक शैलेश भुजेलले बताए। नेपालमा विगत लामो समयदेखि नागरिक मृत्युको प्रमुख १० रोगभित्र क्षयरोग पनि रहेको उनले बताए। एउटा सरुवा क्षयरोग लागेको व्यक्तिले एक वर्षमा १० जना सम्मलाई क्षयरोग सार्नसक्छ। उपचारबाट ९० प्रतिशत क्षयरोगी निको भएको भुजेलले बताए। 

खकारमा किटाणु देखिएका र बहुऔषधी प्रतिरोधी क्षयरोगका बिरामीको सम्पर्कमा रहेका व्यक्ति, कुपोषित बालबालिका, एचआइभी संक्रमित, मधुमेहका बिरामी, क्यान्सर लागेका बिरामी, छातीको एक्सरेमा समस्या देखिएका बिरामी, लामो समय औषधी खाइरहने बिरामी र ज्येष्ठ नागरिकमा क्षयरोगको बढी सम्भावना हुने सेभ द चिल्ड्रेन प्रदेश १ क्षयरोग संयोजक भुजेलले बताए।

उनका अनुसार क्षयरोग शतप्रतिशत उपचार गर्न सकिने रोग हो। सन् २०५० सम्ममा क्षयरोग निवारण गर्ने नेपाल सरकारको लक्ष्य छ। 

प्रकाशित: Mar 23, 2021| 12:21 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।