सोमबार, भदौ १५, २०८३

महाकालीमा प्रधानमन्त्री ओलीको मौनता रहस्यमय : रावल

नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले दार्चुलाको महाकाली नदी किनारमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माणप्रति आपत्ति जनाएका छन्।
 |  मंगलबार, चैत १०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १०, २०७७

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले दार्चुलाको महाकाली नदी किनारमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माणप्रति आपत्ति जनाएका छन्।

रावलले ट्विट गर्दै भनेका छन्, ‘नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ। प्रम केपी ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।सत्ता र कुर्सीका सामु ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो। रहस्यमय मौनता !’

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले  पनि आजको प्रतिनिधिसभामा  सरकारको ध्यानाकर्षण गराएको थियो। कांग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुला सदरमुकाम पारिपट्टि महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए। 

बैठकको प्रारम्भमै समय माग गर्दै बडुले दार्चुला, महाकाली नगरपालिका–५ स्थित महाकालीमा नेपाली भूभागमा भारतले तीन महिनादेखि सीमास्तम्भलाई समेत भित्र पारेर तटबन्ध बनाइरहेको जनाउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
 
उनले भने, ‘तीन महिनादेखि भइरहेको उक्त कार्य रोक्न जनताले विरोध गरिरहेको र राजनीतिक दलका भ्रातृ संस्थाले विरोध गर्दै प्रमुख जिल्लालाई ज्ञापन दिएका अवस्थामा पनि सरकार आजसम्म बेखबर हुनु अचम्मको कुरा भएको छ।’

२०७० असारमा महाकालीमा आएको ठूलो बाढीले धार परिवर्तन गरेका कारण ३५ हेक्टर नेपालको जमीन पारि पुग्न गएको र उक्त क्षेत्रमा भारतले निर्माण गरिरहेको तटबन्ध दुई देशबीचको सहमति र अन्तरराष्ट्रिय मान्यता विपरीत रहेको उनको भनाइ थियो।

तटबन्ध निर्माणले त्यस क्षेत्रका नेपालका अत्यन्तै उर्वर जमीन डुबानमा पर्ने जनाउँदै नेता बडुले नेपालको जमीन र सार्वभौमसत्तासँग जोडिएका विषयमा आजसम्म मन्त्रिपरिषद्मा कुरा नउठेको र किन सरकार मौन रहेको भनी प्रश्न गरे।

उनले भने, ‘हामीले आफ्नो भूमि जोगाउन भारतले बनाउँदै गरेको बाँधको निर्माण तत्काल रोक्नुपर्छ, दुवै देशबीच विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्छ। प्रजिअ यस सम्बन्धमा सरकारको आदेश पर्खिरहेको छ।’

मुलुकको सार्वभौमसत्ता र  अखण्डतासँग जोडिएको यस विषयमा उठाइएको प्रश्नको जवाफ प्रतिनिधिसभाको अर्को बैठकमा आओस् भनी उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: Mar 23, 2021| 15:26 मंगलबार, चैत १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।