प्रकाशमानले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुनेसमेत बताएका छन्।
नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन्। त्यसका लागि ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।
कांग्रेस नेता गगन थापाले नेकपा एमालेको महाधिवेशनलाई महाधिवेशन नै नभएको बताएका छन्। महाधिवेशनका नाममा चितवनको नारायणी किनारमा एमालेको ‘ओलीवेशन’ भइरहेको उनले बताए।
अध्यक्षमा चुनौती दिएका भीम रावललाई बसाएर आफू सर्वसम्मत हुने ध्यान्नमा लागेका अध्यक्ष ओली समूहमै वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल र शंकर पोखरेलले अडान...
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३३ जिल्लाको अधिवेशनको मत परिणाम सार्वजानिक भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १९ जिल्लाको अधिवेशन भएको हो।
सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएको भन्दै पण्डितले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको बताए।
आफू अध्यक्ष, ईश्वर पोखरेल र सुवास नेम्वाङमध्ये एक जना वरिष्ठ उपाध्यक्ष, विष्णु पौडेल र शंकर पोखरेलमध्ये एक जना महासचिव बनाउने ओलीको तयारी छ। तर सबै उनी पक्षकै नेता हुन्। त्यसैले...
नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशन आइतबारका लागि तोकिएको छ। शुक्रबार राति अबेरसम्म चलेको पार्टीका दुवै पक्षको छलफलले आइतबारका लागि वडा अधिवेशनको मिति तोकेको हो।