बिहीबार, भदौ ४, २०८३

देउवा पक्षले बाँडेको उम्मेदवार सूचीमा शशांकको नाम

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ। सभापतिको दौडमा शेरबहादुर देउवा, प्रकाशमानसिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन्। गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन्। 

नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ। 

कोइराला परिवारबाट शेखर प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका बेला उनकै परिवारिक सदस्य शशांक देउवा समूहमा रहँदा सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन्। 

देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला खुला सदस्यमा नाम उल्लेख छ। कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ। 

प्रकाशित: Dec 13, 2021| 08:29 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...