बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा नेतृत्व परिवर्तन हुन्छ-हुन्छ, देउवा सरकार झन् बलियो बनाउँछौँ : शेखर कोइराला

कांग्रेसमा नेतृत्व परिवर्तन हुन्छ-हुन्छ, देउवा सरकार झन् बलियो बनाउँछौँ : शेखर कोइराला

यसका साथै कांग्रेसको नेतृत्व परिवर्तन भएमा गठबन्धन सरकार झन् बलियो बनाउने आफूहरूको प्रयास हुने समेत उनको भनाइ थियो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने दोहोर्‍याएका छन्। अनुपम फुडल्यान्डमा शशांक कोइराला र शेखरले संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। 

यसका साथै कांग्रेसको नेतृत्व परिवर्तन भएमा गठबन्धन सरकार झन् बलियो बनाउने आफूहरूको प्रयास हुने समेत उनको भनाइ थियो। 

'महाधिवेशनपछि कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ। सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले मैले सभापति हारे सरकार ढल्छ भन्नुभएको छ। यसले कार्यकर्तालाई निराश बनाएको छ। तर हामीले जिते सरकारलाई झन् बलियो बनाउन हाम्रो प्रयास हुन्छ।'

उनले भागबन्डामा नलागिकन अन्तरात्मालाई सुनेर आफ्नो टिमलाई मतदन गर्न आग्रह गरेका थिए।

प्रकाशित: Dec 12, 2021| 18:28 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...