बिहीबार, भदौ ४, २०८३

कांग्रेस १४औं महाधिवेशन : रामचन्द्र पौडेलले मतदान नगर्ने

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ।
 |  सोमबार, मंसिर २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २७, २०७८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा छन्। १३४ पदका लागि आज चुनाव हुँदैछ। तर, लामो समय संस्थापन इतर खेमाको नेतृत्व सम्हाल्दै आएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने मतदान नगर्ने भएका छन्।

पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले यसको पुष्टि गरेका छन्। पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा थिए। उनी पनि सभापतिका आकांक्षी थिए। तर, सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिए। र, उनले मतदानमा सहभागी नहुने बताएका छन्।

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन्। 

पौडेल रुष्ट भएपछि देउवा उनको निवास पुगेका थिए। देउवालाई आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह गरेका थिए। देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताएका थिए।

प्रकाशित: Dec 13, 2021| 07:25 सोमबार, मंसिर २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...