बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा कुनै 'बा'को अर्थ छैन, आउँआउँ लाग्ने पार्टी बनाउने हो : गगन थापा

कांग्रेसमा कुनै 'बा'को अर्थ छैन, आउँआउँ लाग्ने पार्टी बनाउने हो : गगन थापा

महाधिवेशनमा ९ लाख क्रियाशील सदस्य सहभागी भएको बताएका उनले कांग्रेसले गत निर्वाचनमा भन्दा १० लाख मत बढाउनुपर्ने बताएका थिए।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदका उम्मेदवार गगन थापाले नयाँ मानिसलाई पनि कांग्रेसमा आउँआउँ लाग्ने पार्टी बनाउने बताएका छन्। शेखर कोइरालाले अनुपम फुडल्यान्डमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले यस्तो बताएका हुन्। 

एमालेमा जस्तो कुनै बाले पढेको लिस्टको अर्थ कांग्रेसमा नहुने बताएका उनले प्रतिनिधिहरूको निर्णय गर्ने अधिकार भएको बताएका थिए। 'पार्टीभित्रकै हाम्रो प्रतिस्पर्धा हो। हामी यहाँ बसेर हुन्न। बालुवाटारमा बसेर पनि हुन्न। मतदातासँग हाम्रो निर्णय गर्ने अधिकार छ,' उनले थपे, 'एमालेजस्तो कांग्रेसमा कुनै 'बा'ले पढेको लिस्टको कुनै अर्थ छैन। हाम्रो महाधिवेशनको सुन्दरता यही हो। हामी सिंगो कांग्रेसलाई जिताउन चाहन्छौँ।' 

महाधिवेशनमा ९ लाख क्रियाशील सदस्य सहभागी भएको बताएका उनले कांग्रेसले गत निर्वाचनमा भन्दा १० लाख मत बढाउनुपर्ने बताएका थिए। यस्तै उनले गठबन्धन सरकार निर्वाचसम्म मात्र भएको र चुनावमा  एक्लै लडेर जित्ने पनि बताए। '१२ लाखलाई कांग्रेसमा जोड्नु छ। कांग्रेसमा आउँआउँ लागोस्। हाम्रो टिमले यो काम गर्छ। महाधिवेशन कसैलाई हराउनका लागि होइन, कांग्रेस जिताउनका लागि हो,' थापाले कुराकानी टुंग्याए। 

थापा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन्। उक्त प्यानलमा उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा डा‍. मीनेन्द्र रिजाल र गगन थापा उम्मेदवारी दर्ता गराएका छन्। 

शेखरको टिमबाट सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ टिएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिले सहमहामन्त्रीका उम्मेदवारी दिएका छन्। शेखरलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको समर्थन छ।

प्रकाशित: Dec 12, 2021| 18:55 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...