काठमाडौं- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफू सभापतिका उम्मेदवार शेखर कोइरालाकै पक्षमा रहेको स्पष्ट पारेका छन्।
सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवाले शशांकको नाम आफ्नो समूहको केन्द्रीय सदस्यको सूचीमा राखेर प्रचार गरेपछि उनले आफू शेखरकै समूहमा रहेको र देउवा समूहले भ्रम छरेको दाबी गरेका हुन्।
मतदातालाई भ्रमित गर्न देउवाले नाम राखे पनि शशांकको समर्थन उहाँलाई नरहेको शशांकका स्वकीय सचिव भरत तिवारीले बताए।