बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विमलेन्द्र निधिले प्रतिनिधिलाई सम्बोधन गर्दै लेखे- नेतृत्व परिवर्तन जरुरी छ

विमलेन्द्र निधिले प्रतिनिधिलाई सम्बोधन गर्दै लेखे- नेतृत्व परिवर्तन जरुरी छ

'केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो,' निधिको स्टाटसमा लेखिएको छ।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि उम्मेदवार विमलेन्द्र निधिले नेतृत्व परिवर्तन जरुरी रहेको उल्लेख गरेका छन्। आइतबार साँझ फेसबुकमा महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै लेखिएको निधिको स्टाटसमा पार्टीको नेतृत्व परिवर्तन सबैको चाहना भएको उल्लेख गरेका छन्। 

'केन्द्रीय सभापति पदमा मैले मनोनयन पत्र दर्ता गराइसकेको छु। पार्टीभित्र नेतृत्व परिवर्तन तपाईंहरू सवैको चाहना हो,' निधिको स्टाटसमा लेखिएको छ। 

लामो समय सभापतिका अर्का उम्मेदवार शेरबहादुर देउवालाई साथ दिएका निधि यस पटकको महाधिवेशनबाट कांग्रेसमा आफ्नै नेतृत्व स्थापित गर्न चुनावी मैदानमा छन्। उनले पार्टीका सबै नेता कार्यकर्ताको भावना अनुसार आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउन आफ्नो उम्मेदवारी भएको बताउँदै आएका छन्। 

'तपाईंहरूको चाहनाअनुसार पार्टी सञ्चालन गरी आगामी तीनवटै तहको चुनावमा रूख चिन्हलाई विजयी गराउन म आफ्नो सम्पूर्ण क्षमताले समर्पित रहने विश्वास दिलाउँछु,' उनले भनेका छन्। उनले पार्टीको नेतृत्व परिवर्तन गर्न चुनाव पछि कांग्रेसलाई ठूलो दल बनाउनका लागि आफूलाई मतदान गर्न महाधिवेशन प्रतिनिधिहरूसमक्ष आग्रह गरेका छन्। 

प्रकाशित: Dec 12, 2021| 20:23 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...