बिहीबार, भदौ ४, २०८३

एमालेमा यस्तो भयो नेताहरूको कार्यविभाजन

नेकपा (एमाले) मा नेताहरुको कार्यविभाजन भएको छ। केन्द्रीय कमिटीको जारी दोस्रो बैठकले नेताहरुको कार्यविभाजन गरेको हो।
 |  आइतबार, मंसिर २६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर २६, २०७८

काठमाडौं– नेकपा (एमाले) मा नेताहरुको कार्यविभाजन भएको छ। केन्द्रीय कमिटीको जारी दोस्रो बैठकले नेताहरुको कार्यविभाजन गरेको हो। 

अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई पार्टीको समग्र जिम्मेवारी दिइएको छ। महत्वपूर्ण विभाग मानिने संगठन विभाग प्रमुखमा खगराज अधिकारी नियुक्त भएका छन्। 

अर्को महत्वपूर्ण विभाग स्कुल विभागमा प्रदीप ज्ञवाली चयन भएका छन्। प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङले पाएका छन् भने योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभागको जिम्मेवारी पाएका छन्।

यस्तो छ कार्यविभाजन

केपी ओली- समग्र पार्टी

ईश्वर पोखरेल- नीति अनुसन्धान प्रतिष्ठान

युवराज ज्ञवाली- स्थानीय तह प्रदेश र संघ

अष्टलक्ष्मी शाक्य- राजनीतिक समन्वय

रामबहादुर थापा बादल- राष्ट्रिय सुरक्षा

विष्णु पौडेल- पार्टी संगठन अनुगमन

सुवास नेम्वाङ- संसदीय अनुगमन

सुरेन्द्र पाण्डे- राजकीय मामिला

श‌कर पाेखरेल-  समग्र पार्टी

प्रदीप ज्ञवाली- स्कुल विभाग

पृथ्वीसुब्बा गुरुङ- प्रचार विभाग

विष्णु रिमाल- आर्थिक लेखा लगायत

योगेश भट्टराई- स्वास्थ्य तथा जनसंख्या

भीष्म अधिकारी- कार्यालय सचिव 

खगराज अधिकारी- संगठन विभाग 

प्रकाशित: Dec 12, 2021| 18:50 आइतबार, मंसिर २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...