काठमाडौं– नेपाली कांग्रेसका नेता तथा सभापतिका उम्मेदवार डा. शेखर कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन्। सभापतिका उम्मेदवार डा. कोइराला आफूलाई सहयोगका लागि आग्रह गर्न पौडेल निवास पुगेका हुन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपालियाका अनुसार भेटघाटका क्रमम पौडेलले कोइरालालाई विजयको लागि आशिर्वाद तथा शुभकामना दिएका थिए।
आज बिहान मतदान सुरु हुनुअघि शेखरसहितका नेताहरु पौडेल निवास बोहोराटार पुगेका थिए।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत अहिले निर्वाचन भइरहेको छ। सभापतिको दौडमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ छन्।