काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले आफ्नो टिमलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाको आशिर्वाद रहेको बताएका छन्। अनुपम फुडल्यान्डमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सभापति उम्मेदवार कोइरालाले यस्तो बताएका हुन्।
'रामचन्द्र पौडेलजी हाम्रो वरिष्ठ नेता हुनुहुन्छ। महामन्त्री शशांक कोइरालाको आशिर्वाद पनि मलाई छ। मलाई मात्र होइन, हाम्रो सम्पूर्ण टिमलाई छ,' कोइरालाले भने।
आफूहरूको अहिलेको प्रतिस्पर्धा एक जना उम्मेदवारसँग मात्र नभएर राज्यसत्तासँग पनि गाँसिएर आएको उनको भनाइ थियो।