निर्वाचन आयोगले वैशाखमा पालिकाको चुनाव मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ। वैशाखमा चुनावका लागि माघ पहिलो हप्ता अर्थात् आजसम्म मिति घोषणा भइसक्नु पर्ने हो।
निर्वाचन आयोगले तीन वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ। आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका दलको दर्ता खारेज गरेको हो।
निर्वाचन आयोगले कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गरेको...
सत्ता गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।
भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन।
असोजमा सम्पन्न विधान महाधिवेशनबाट पारित पद र महाधिवेशनमा निर्वाचित नेताहरू हेर्दा पहिले नै ‘सेटिङ’ गरी ईश्वर पोखरेल, विष्णु रिमाल र शंकर पोखरेललाई शक्तिशाली बनाउन खाजेको देखिन्छ।
कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा एमालेले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ।
अधिवेशनबाट उपाध्यक्ष बिपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
राष्ट्रिय सभा निर्वाचनको रणनीति, संसद् खुलाउने विषय तथा निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि गरेको तयारीलगायतका विषयमा छलफल गर्ने उद्देश्यले गठबन्धनको बैठक बस्न लागेको हो।