मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमसीसीप्रति लक्षित गर्दै ओली-नेपाललाई चीनले भन्‍यो- सुरक्षा चुनौती नबढाइ दिनुस्

एमसीसीप्रति लक्षित गर्दै ओली-नेपाललाई चीनले भन्‍यो- सुरक्षा चुनौती नबढाइ दिनुस्

चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल कुराकानी गर्दै चीनको सुरक्षा चुनौती नबढाउन आग्रह गरेको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष केपी शर्मा ओलीलाई भर्चुअल कुराकानी गर्दै चीनको सुरक्षा चुनौती नबढाउन आग्रह गरेको छ। 

नेपालमा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर राजनीतिक संकट बढिरहेको समयमा चीनले भर्चुअल माध्यमबाट दुबै नेतासँग कुरा गर्दै आफ्नो सुरक्षा चासोका विषयमा कुराकानी गरेको माधव नेपाल निकट नेताले जनाएका छन्। 

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भर्चुअल वार्ता गरेका हुन्। 

सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष नेपाल र प्रमुख प्रतिपक्षी नेता ओलीसँग बुधबार भिडियो वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको जनाइएको छ।  

सिन्ह्वाले भनेको छ, 'विदेश विभाग प्रमुख सोङ ताओले प्रधानमन्त्री ओलीसँगको कुराकानीमा दुई मुलुकका नेताहरु आपसी समझदारीका विषयमा भएको छलफललाई कार्यान्वयन गर्न तयार भएको र द्विपक्षीय राजनीतिक समझदारी बढ्दै गएको र नेपाल-चीनका विभिन्‍न मुद्दाहरुमा आपसी सहकार्यलाई प्रबर्द्धन गर्ने विषयमा छलफल भएको छ।' 

त्यसैगरी चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता जनाएका थिए।

अध्यक्ष नेपालनिकट नेताका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेपाललाई निकट र घनिष्ठ मित्रका रुपमा व्यवहार गरेर त्यही अनुसार सहयोग पनि बढाइरहेको अवस्थामा सुरक्षा चुनौती बढाइदिने काम भएको गुनासो गरेका थिए।

भर्चुअल बैठकमा चेन चाओको भनाइ उद्धृत गर्दै नेपालनिकट ती नेताले भने, 'नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रुपमा अहिलेसम्म व्यवहार गर्दै आएका छौँ। तर अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ। यसबारेमा तपाईंहरुले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ।'

यसअघि बुधबार नै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ छुनयिङले अमेरिकाले एमसीसी अनुमोदन गर्न नेपाललाई दिएको समयसीमाप्रति आपत्ति जनाएकी थिइन्। 

उनले भनेकी थिइन्, 'अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले नेपालले एमसीसी अनुमोदन गर्न नसके त्यसले द्विपक्षीय सम्बन्धलाई असर गर्ने बताएको मैले सुनेँ। नेपालस्थित अमेरिकी दूतावासले ५० करोड डलरको एमसीसी अनुदानलाई ‘नेपालीलाई अमेरिकी जनताको उपहार’ भनेको छ। उपहार कहिलेदेखि अल्टिमेटमसहित आउन थाल्यो? त्यस्तो ‘उपहार’ कसैले कसरी स्वीकार गर्न सक्छ? यो ‘उपहार’ हो कि प्यान्डोराको बाकस?’

नेपालका लागि सो उपहार स्वीकार गर्न कठिन साबित हुनेसमेत उनले बताएकी थिइन्। 'सम्बन्धित मुलुकको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान हुनुपर्छ। सो मुलुकको आन्तरिक मामिलामा कुनै हस्तक्षेप हुनुहुँदैन, कुनै राजनीति अंकुश गाँसिनु हुँदैन। जुलुम कूटनीति गरिनुहुँदैन,’ प्रवक्ता हुआले भनिन्।

यसअघि फेब्रुअरी १८ मा पनि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालमाथि अमेरिकाले जबरजस्ती गरिरहेको आरोप लगाएका थिए। चीनले एमसीसीलाई लिएर अमेरिकाले नेपालमाथि दबाब बढाएको भन्दै प्रतिरोध गर्नेसम्मको कडा प्रतिक्रिया दिएको थियो। 

त्यसअघि फेब्रुअरी ११ मा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेताहरुलाई टेलिफोन गर्दै एमसीसी अनुमोदन नभएका चिनियाँ प्रभाव रहेको बुझ्‍ने बताएका थिए। 

प्रकाशित: Feb 24, 2022| 19:36 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...