मंगलबार, भदौ २, २०८३

गठबन्धन टुट्ने माधव नेपालको घोषणा

‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ पाँच दलीय गठबन्धनबाट आफूहरू अलग हुने घोषणा गरेका छन्। एमसीसीमा पक्षमा आफ्नो पार्टीले मत हाल्न नसक्ने बताएका उनले आफूहरू बरु सरकारबाट बाहिरिने बताएका हुन्। 

‘एमसिसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको छ,’ बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले भने, ‘यस्तो समस्यामा यो गठबन्धन रहन सक्दैन।’

एमसिसी पारित गर्नु राष्ट्रघाती कदम हुने भन्दै एमसीसीका विपक्षमा मतदान गर्ने नेकपा एसको सचिवालयले निर्णय गरेको छ। 

यता नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी अनुमोदन भनए गठबन्धन अघि बढ्न नसक्ने बताएका छन्। 

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने बताइएको छ। भेटमा एमसीसी र सरकारलगायतका विषयमा छलफल हुने बताइएको छ। 

प्रकाशित: Feb 24, 2022| 19:13 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...