मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निकास निस्कने वातावरण बने कांग्रेसले गठबन्धन कुरेर बस्दैन : महामन्त्री शर्मा

निकास निस्कने वातावरण बने कांग्रेसले गठबन्धन कुरेर बस्दैन : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकास निस्कने वातावरण बने नेपाली कांग्रेसले सत्ता गठबन्धन भनेर कुरेर नबस्ने बताएका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निकास निस्कने वातावरण बने नेपाली कांग्रेसले सत्ता गठबन्धन भनेर कुरेर नबस्ने बताएका छन्। न्युज एजेन्सीसँगको कुराकानीमा महामन्त्री शर्माले यस्तो बताएका हुन्। 

'जनताको हितको विषयमा सत्ता पक्ष र विपक्षी दल एकठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर बस्दैन,' महामन्त्री शर्माले भने। सत्ता साझेदार दलका रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वेध चरित्र नदेखाउनसमेत महामन्त्री शर्माले आग्रह गरेका थिए। 

यसअघि पनि विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालीन राजनैतिक निकास र संविधानको रक्षाको निम्ति बनेको पनि उनले स्मरण गरका थिए। राज्यको आवश्यकतासँगै समृद्धि र विकासको मुद्दामा दलहरू एकठाउँमा आउनुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Feb 24, 2022| 20:09 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...