काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच संसद् भवनमै भेटघाट भएको छ।
प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै एमाले संसदीय दलको कार्यकक्षमा ओली र प्रचण्डको भेट भएको हो। छलफलमा दुवै पार्टीका दोस्रो तहका नेताहरु पनि सहभागी छन्।
एमसीसीबारे छलफल गर्न आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित भएसँगै प्रमुख दलका शीर्ष नेताहरुबीच भेटवार्ता चलिरहेको छ। दिउँसो देउवाले ओलीसहित एमालेका नेताहरुसँग भेट गरेका थिए।