मंगलबार, भदौ २, २०८३

गठबन्धन अगाडि बढ्न अब गाह्रो छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्। 

संसद्‌ भवन नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको छलफलपछि थापाले एमसीसीको विषयमै गठबन्धन एक ठाउँमा नरहेकोले अब अघि बढ्न समस्या आएको बताएका हुन्। 

अब बन्ने नयाँ समीकरणबारे सञ्चारकर्मीको जिज्ञासामा भने उनले कुनै जवाफ दिएनन्।  

संसद् बैठक स्थगित गराएर संसद् भवनमै एमालेसँग संवाद गरेका देउवाले एमसीसी सम्झौतामा सहयोग गर्न एमालेलाई आग्रह गरेका थिए। ओलीले भने पार्टीभित्र छलफलका लागि थप समय मागेको नेता थापाले जानकारी दिए। उनले भने, ‘प्रधानमन्त्रीजीले ओलीजीलाई तपाईंहरुले नै दर्ता गर्नुभएको सम्झौता हामीले अगाडि बढाएका हौं, यो देशकै प्रतिष्ठाको विषय हो। यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो। ओलीजीले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो।’

ओलीसँग देउवाले आज बेलुका ७ बजे फेरि संवाद गर्ने भएका छन्।


प्रकाशित: Feb 24, 2022| 17:04 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...