बुधबार, भदौ ३, २०८३

बालुवाटारमा देउवा–बाबुराम भेट

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज साँझ भेटवार्ता भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज साँझ भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेट भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

संसद्मा टेबुल भएको एमसीसी सम्झौता पारित गर्न प्रधानमन्त्री देउवा राजनीतिक भेटघाटमा व्यस्त छन्। आजको संसद् बैठक स्थगित गरेर देउवा भेटघाटमा जुटेका हुन्। त्यसैक्रममा बाबुरामसाग भेट भएको हो।

जसपाले एमसीसीलाई लिएर प्रष्ट धारणा सार्वजनिक भइसकेको छैन। भट्टराई भने एमसीसी पारित गर्ने पक्षमा छन्। जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले खुलेर समर्थन गरेका छैनन्।


प्रकाशित: Feb 24, 2022| 18:54 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...