मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सहकार्यको हात बढाएका प्रचण्डलाई ओलीको जवाफ - सभामुखको राजीनामा गराउनुस्

सहकार्यको हात बढाएका प्रचण्डलाई ओलीको जवाफ - सभामुखको राजीनामा गराउनुस्

अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सत्ता गठबन्धन संकटमा परेका समयमा करिब एक वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ।
 |  बिहीबार, फागुन १२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १२, २०७८

काठमाडौं- अमेरिकी सहयोग परियोजना (एमसीसी) का विषयमा सत्ता गठबन्धन संकटमा परेका समयमा करिब एक वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ। 

२०७७ पुस ४ गते एउटै पार्टीका अध्यक्षको हैसियतमा दुई नेताबीच खुमलटारमा अन्तिम वार्ता भएको थियो। त्यसपछि बिहीबार संसद् भवन नयाँ बानेश्वरमा दुई नेताबीच वान टु वान वार्ता भएको हो। 

दुई अध्यक्षबीच गोप्य छलफलका क्रममा माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे भए पनि अब नयाँ ढंगले सहकार्य गरेर जाने प्रस्ताव गरेका थिए। जवाफमा ओलीले १४ सांसद्‌को कारबाही अथवा सभामुखको राजीनामा गराउन आग्रह गरेका हुन्।

एमाले अध्यक्ष ओलीले आफूलाई संसद्‌को कारबाहीमा भाग लिनका लागि वातावरण निर्माण गर्नका लागि नेकपा एमालेले अनुशासन उल्लंघनमा कारबाही गरेका माधव नेपालसहित १४ सांसद निष्कासनको सूचना सभामुखले टाँस्‍नुपर्ने अथवा सभामुख अग्नि सापकोटाले राजिनामा दिएर निकास खोल्नुपर्ने शर्त राखेका हुन्।

ओलीले प्रचण्डसँग विगतमा नेकपाको अध्यक्ष हुँदा आफूविरुद्ध प्रचण्डको अगुवाईमा लगाइएको १९ पेज लामो उनकै भाषामा ‘अपराधिक आरोपपत्र’ खारेज गरेको सार्वजनिक घोषणा गर्न पनि आग्रह गरेका हुन्। 

यी कुनै विषयमा ठोस जवाफ प्रचण्डबाट नआएको एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। उनका अनुसार विगतमा दुवै पक्षबाट कमिकमजोरी भएका भन्दै प्रचण्डले ती गल्ति र कमजोरी सच्याउँदै, आत्मसमिक्षा गरेर अघि बढ्न तयार रहेको बताएका थिए। 

बिहीबारको वान टु वान वार्तापछि एमालेबाट ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ र  माओवादीबाट प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्‍नेतबीच छलफल भएको थियो।

प्रकाशित: Feb 24, 2022| 22:36 बिहीबार, फागुन १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...