सरकारले विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका...
प्रतिनिधिसभामा पार्टीले वेल घेराउ गरिरहेका बेला एमसीसीमाथिको छलफलमा भाग लिएका सांसद भीमबहादुर रावलले अनुशासनहीन काम गरेको एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।
कानुन व्यवसायीहरुले संवैधानिक परिषद्मा प्रधानन्यायाधीशलाई नराख्न माग गरेका छन्। हालको संवैधानिक परिषदमा प्रधानन्यायाधीश रहने व्यवस्था संविधान संशोधन गरेर परिवर्तन गर्न उनीहरुले माग गरेका छन्।
देशभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको पार्टीले आसन्न स्थानीय तहको चुनावमा उम्मेदवारको छनोट गरिरहेको छ।