आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटघाट सकियो, आज बिहानै बनारस पुगेर स्वदेश फर्किने

प्रधानमन्त्री देउवाको उच्चस्तरीय भेटघाट सकियो, आज बिहानै बनारस पुगेर स्वदेश फर्किने

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उच्चस्तरीय भेटघाट सकेका छन्। आज उनी उत्तर प्रदेशको बनारस जानेछन्।
 |  आइतबार, चैत २०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत २०, २०७८

काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उच्चस्तरीय भेटघाट सकेका छन्। आज उनी उत्तर प्रदेशको बनारस जानेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँ दिल्लीबाट बनारस प्रस्थान गर्ने कार्यक्रम छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्। बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँ दिल्ली आइपुग्ने र त्यहाँँबाट सिधै काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

भारतको औपचारिक भ्रमणका लागि देउवा शुक्रबार नयाँ दिल्ली पुगेका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा देउवाले सीमा समस्या समाधानका लागि मोदीलाई अनुरोध गरेको बताइएको छ।
साथै दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर प्रसारण लाइन संयुक्त रुपमा भर्चुअल माध्यमबाट उदघाटन गरेका थिए।

प्रकाशित: Apr 03, 2022| 07:03 आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...