गोरखा- बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ। नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन्।
बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको स्थानीयले जानकारी दिएका छन्। प्रहरीका अनुसार नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको छ।
बिहान साढेचार बजेतिर ठूलो आवाजसहित बाढी आएपछि बासिन्दा पनि भागेका स्थानीयले बताए छन्।