आइतबार, साउन ३१, २०८३

पञ्चेश्वर परियोजना 'गेमचेन्जर' सावित हुने मोदीको विश्वास

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर सावित हुने बताएका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पञ्चेश्वर बहुउद्देशीय जलविद्युत् परियोजना ऊर्जा क्षेत्रका लागि गेमचेन्जर सावित हुने बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलमा मोदीले उक्त कुरा बताएका हुन्।

मोदीले पञ्चेश्वर ऊर्जा साझेदारीमा महत्वपूर्ण हुने दाबी गरेका हुन्। 'ऊर्जा सहकार्यमा हाम्रो संयुक्त दृष्टिकोण आपसी सहयोगको ब्लुप्रिन्ट सावित हुनेछ। हामीले पञ्चेश्वर परियोजनामा तीव्र गतिले अगाडि बढ्ने र त्यसको महत्त्वमा जोड दिएका छौं,' मोदीले भने।

भारतीय कम्पनीहरूलाई नेपालको जलविद्युत् विकासमा अझै बढी सहभागिताका लागि देउवा र आफूबीच सहमति भएको मोदीले उल्लेख गरेका छन्। नेपालले आफूलाई बढी भएको विद्युत् भारतमा निर्यात गरिरहेकोमा मोदीले प्रसन्नता व्यक्त गरे। 

प्रकाशित: Apr 02, 2022| 13:48 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...