आइतबार, साउन ३१, २०८३

तीनै तहको निर्वाचनमा गठबन्धन हुन्छ : मन्त्री कार्की

नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताएका छन्।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं- नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्तागठबन्धन दलभित्रै अब हुने सबै निर्वाचनमा चुनावी गठबन्धन हुने बताएका छन्। 

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ वडा कार्यालयको भवन उद्घाटन कार्यक्रममा उनले आउने स्थानीय तहको निर्वाचनसँगै प्रदेश र सङ्घको निर्वाचनमा सत्ताघटक दलभित्रै चुनावी गठबन्धन हुने स्पष्ट पारे। 

उनले अहिले सत्तागठबन्ध सबै निर्वाचनसम्म कायम रहने र गठबन्धन हुने ठाउँमा त्यही दलभित्र चुनावी तालमेल हुने बताउँदै गठबन्धन नहुने स्थानमा मित्रवत प्रतिस्पर्धा हुने उल्लेख गरे। मन्त्री कार्कीले देशलाई विकसित र जनतलाई समृद्ध बनाउने अभियानका साथ वर्तमान सरकारले काम गरिरहेको दाबी गरेका हुन्। 

हाम्रो देशलाई १० वर्षभित्रमा एसियाकै धनी राष्ट्र बनाउने सरकारले लक्ष्य लिएको मन्त्री कार्कीले बताए। उनले देशको विकास खोक्रो भाषणले नभई आर्थिक स्रोत व्यवस्थापन र योजनाले हुने भएकाले सोहीअनुसार अहिलेको सरकारले स्रोत व्यवस्थापन गर्नुका साथै विकास निर्माणको विभिन्न योजना लिएर अगाडि बढिरहेको दाबी गरे। 

बराह क्षेत्रका जनतालाई मूल समस्याको रूपमा रहेको टेलिफोन, मोबाइलको टावर, विभिन्न सडक निर्माणको कार्य गर्नका लागि आफूले सक्दो बजेट व्यवस्थापन गर्ने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनकुमार विश्वकर्माले एमसिसी सम्झौता अनुदान सहयोग भएको जिकिर गरे। एमसीसीको विषयमा गलत प्रचार गरेर जनतालाई भ्रममा पार्नका लागि केही तत्व लागि परेको उनले बताए।

प्रकाशित: Apr 02, 2022| 22:35 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...