आइतबार, साउन ३१, २०८३

फुटेपछि एमाले झन् ठूलो भएको छ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले फुटे पनि पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन्। एमाले पहिले जस्तै रहेको भन्दै उनले कार्यकर्तालाई नआत्तिन आग्रह गरे।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमाले फुटे पनि पार्टीलाई कुनै क्षति नपुगेको बताएका छन्। एमाले पहिले जस्तै रहेको भन्दै उनले कार्यकर्तालाई नआत्तिन आग्रह गरे।

उनले भने, ‘पहिले पनि एमाले फुट्यो तर जस्ताको तस्तै। अहिले पनि फुट्यो भनियो तर जस्ताको तस्तै, बरु झन् ठूलो भएको छ। त्यसैले आत्तिनु पर्दैन। आगामी स्थानीय निर्वाचनमा पनि एमालेकै जित हुन्छ,’ ओलीले भने।

एमाले समृद्धिको पक्षमा उभिएकाले त्यसबाट आत्तिएर, षड्यन्त्र गरेर परमादेशबाट हटाइएको ओलीको जिकिर थियो। उनले भने, ‘एमाले जहिल्यै समृद्धिको पक्षमा उभिन्छ, मुलुक र जनताको पक्षमा उभिन्छ। त्यसैदेखि आत्तिएर जनादेशबाट बनेको सरकारलाई परमादेशले हटायो।’

अध्यक्ष ओली शनिबार एमाले खोटाङले दिक्तेलमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै थिए। कार्यक्रममा ओलीपत्नी राधिका शाक्य, नेता रामबहादुर थापा, एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायत नेता सहभागी थिए। उनी आजै  हलेसी भ्रमण गरी दिक्तेलको कार्यक्रममा पुगेका हुन्।

प्रकाशित: Apr 02, 2022| 17:56 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...