काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा विवाद समाधान द्विपक्षीय संयन्त्र मार्फत समधान गर्ने प्रस्ताव राखेका छन्।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा शनिबार भएको भेटवार्तामा देउवाले सीमा समस्याबारे छलफल भएको जानकारी गराए छन्।
देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटमा सीमा समस्याबारे छलफल गरेको बताएका छन्। मोदीसँगको वार्तापछि आयोजित पत्रकारसम्मलेनमा देउवाले भने, ‘हामीले सीमा समस्याबारे छलफल गरेका छौं। र, सीमा समस्यालाई द्विपक्षीय संयन्त्रहरुमार्फत समाधान गर्न प्रस्ताव गरेको छु।’