काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्तरूपमा कुर्था–जनकपुर–जयनगर रेल सेवा उद्घाटन गरेका छन्।
प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदी सहितको प्रतिनिधि मण्डलबीच हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्ता पछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गरेका हुन्।
नेपाली समयअनुसार मध्यान्ह १ बजे दुवै प्रधानमन्त्रीले हरियो झण्डा हल्लयाएर रेलको उद्घाटन गरेका हुन्। उद्घाटन हुनासाथ भारतीय प्रधानमन्त्री मोदीले देउवालाई बधाई दिएका छन्। रेल सेवा नियमित रुपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएका छन्।