काठमाडौं- भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर आज उत्तर प्रदेशको बनारस जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहान नौ बजे नयाँदिल्लीबाट बनारस प्रस्थान गर्ने छन्। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्नेछन्।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ।
बनारस भ्रमण सकेर देउवा चार बजे नयाँदिल्ली पुग्ने र सवा चार बजे काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ।
भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए। शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए।