बुधबार, असार १०, २०८३

बाह्र तस्बिरमा बार निर्वाचनको दृश्य

नेपाल बार एसोसियशनको २६औं निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। देशभरका विभिन्न ३५ निर्वाचन केन्द्रमा एकैसाथ मतदान भइरहेको हो।
 |  शनिबार, चैत १९, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शनिबार, चैत १९, २०७८

काठमाडौं- नेपाल बार एसोसियशनको २६औं निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ। देशभरका विभिन्न ३५ निर्वाचन केन्द्रमा एकैसाथ मतदान भइरहेको हो। 

National life

बारको नयाँ कार्य समिति नेतृत्वको लागि अध्यक्षमा वरिष्ठ अधिवक्ता गोपालप्रसाद घिमिरे, वरिष्ठ अधिवक्ता विष्णुमनि अधिकारीसहित अन्य ६ जनाले उम्मेदवारी दिएका थिए।  उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेगो, पृथ्वीनाथ राई र अमिता लक्ष्मी सैंजु श्रेष्ठले पनि विभिन्न कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन्।

तर, प्रतिस्पर्धा घिमिरे र अधिकारीबीच हुने देखिएको छ। कांग्रेसनिकट घिमिरेलाई सत्तारुढ गठबन्धनले अघि सारेको हो भने एमालेनिकट अधिकारीलाई प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले अघि सारेको छ। 

बारको चुनावका लागि ९ हजार ५ सय ८८ मतदाताहरू भए पनि निर्वाचन आयोगले भने साढे ८ हजार मात्र मत खस्ने अनुमान गरेको छ। 

Shivam cement

प्रकाशित: Apr 02, 2022| 13:29 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...