आइतबार, साउन ३१, २०८३

नेपाल बारको मतगणना सोमबारदेखि, परिणाम आउन तीन दिन लाग्ने

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।
 |  शनिबार, चैत १९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १९, २०७८

काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ। काठमाडौंसहित देशभरका ३५ वटा स्थानमा मतदान भएको हो। 

मतदान आज भए पनि मतगणना भने सोमबारमात्रै सुरु हुने भएको छ। देशभरबाट मतपेटिका आइपुग्न समय लाग्ने भएकोले सोमबारबाट मात्र गणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार देशभरका मतपेटिका काठमाडौंमा ल्याएर मतगणना सुरु हुने हुनाले परिणाम आउन करिब ३ दिन लाग्ने अनुमान गरिएको छ।

बारमा अध्यक्षसहित ११ जना पदाधिकारी र सदस्यसहित २५ जनाको कार्यसमिति चयन हुनेछ। नयाँ कार्य समितिको नेतृत्वको लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूह र पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुनेछ।

प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्वमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन्।

प्रकाशित: Apr 02, 2022| 16:43 शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...