नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ जना र लुम्बिनी प्रदेशका दुई जना सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट पूर्ण सुनुवाइमा जाने भएको छ।
नेकपा (एमाले)ले संसद् सदस्यबाट निष्कासन गरेका १४ जनालाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको तथा तीनै व्यक्तिको सनाखतबाट नयाँ दल दर्ता भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ।
यो क्रममा राप्रपा नेपाल निकट कार्यकर्ताहरूको भेलाले पार्टीको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं र रुपन्देही जिल्ला अध्यक्षमा अधिवक्ता प्रदीप शेरचनलाई सर्वसम्मत चयन गरेको राप्रपा नेपाल केन्द्रीय सचिवालयले जनाएको छ।
सहमहामन्त्री पाण्डेले सरकारले संविधानको कार्यान्वयन गर्न र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेका छन्।
कार्यक्रममा मेयर सरावगीले एमाले अध्यक्ष ओलीको प्रशंशासमेत गरेका थिए। ‘उहाँको नेतृत्वमा देशले नयाँ काँचुली फेर्नेछ,’ उनको प्रशंशा थियो। यस्तै ओलीले बोल्ड निर्णय गर्नसक्ने पनि उनको टिप्पणी थियो।
नेपाल निजामती कर्मचारी सङ्गठनको ११औँ राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले भने, ‘नागरिकको हैसियतले कर्मचारीको निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भूमिका हुनुपर्छ, कुनै पार्टी विशेष लाग्न हुन्न ।’