काठमाडौं- नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ। देशभर तालमेल सम्भव भएका पालिकामा तालमेल गर्ने गरी परिवार दलसँग एमालेले सहमति गरेको हो।
सहमतिमा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र नेपाल परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलको हस्ताक्षर छ।
एकनाथ ढकाल अध्यक्ष रहेको परिवार दलले आफ्ना उम्मेदवार नभएका सबै ठाउँमा एमालेलाई सघाउने सहमतिमा उल्लेख छ। साथै परिवार दलका उम्मेदवारलाई एमालेले सहयोग गर्नेछ।
परिवार दलले पनि सूर्य चिन्हमा नै चुनाव लड्ने सहमतिपत्रमा उल्लेख छ। यसअघि कमल थापा नेतृत्वको राप्रपा नेपाललसँग पनि बुधबारै एमालेले यस्तै सहमति गरेको थियो।