शुक्रबार, चैत २९, २०८१

थवाङमा महरा र पुनका आ–आफ्नै उम्मेदवार, कसले हात पार्ला नेतृत्व?

०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले अर्को कार्यकाल नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने भनेर सहमतिमै नेतृत्व हात पारेका थिए।
 |  बुधबार, चैत ३०, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, चैत ३०, २०७८

vianetvianet

काठमाडौं– २०१२ सालदेखि ‘विद्रोही’को ट्याग भिरेको थवाङलाई आफ्नो पोल्टामा पार्न माओवादी नेताहरु कृष्णबहादुर महरा र वर्षमान पुन लागिपरेका छन्। स्थानीय निर्वाचनको मिति नजिकिएसँगै आफू निकटका पात्रलाई थवाङ गाउँपालिकाको नेतृत्वमा पुर्याउन दुवै नेता लागिपरेका हुन्।

triton college

यसअघि ०७४ सालको निर्वाचनमा पुन निकट वीरबहादुर घर्ती ‘वियोग’ले थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका थिए। त्यतिबेला गाउँपालिकाको नेतृत्वका लागि वियोगसँगै ऋषिकेश बुढा ‘सविन’ले पनि दावी गरेका थिए। तर, नेता पुनले सविनलाई अर्को कार्यकाल दिने भन्दै वियोगलाई अघि सारेका थिए। 

माओवादीकै एक नेताले दिएको जानकारी अनुसार यसपालिको चुनावमा भने नेता पुन मौसम रोका मगरलाई अघि सार्ने तयारीमा छन्। ती नेताले नेपाल समयसँग कुरा गर्दै भने, ‘०७४ को चुनावमा वर्षमान कमरेडले सविनलाई अर्को कार्यकाल तपाईंकै हो भनेर विश्वास दिलाउनु भएको थियो। सविन कमरेडले पनि सहमतिमै वियोगजीलाई स्पेस दिनुभएको हो।’ 

तर यसपालिको चुनावमा पनि नेता पुनले आफूलाई आउट गर्न खोजेको भन्दै सविन असन्तुष्ट छन्। ती नेताले थपे, ‘अहिले वर्षमान कमरेडले थवाङको नेतृत्वमा मौसमजीलाई अघि सार्न खोज्नुभएको छ। सविनजी असन्तुष्ट हुनु स्वाभाविकै हो, तर उहाँलाई पनि सहमतिमै अर्को जिम्मेवारी दिएर सेटिङ मिलाउँदैछौं।’ 

यसअघि ०७४ सालको निर्वाचनमा पुन निकट वीरबहादुर घर्ती ‘वियोग’ले थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका थिए। त्यतिबेला गाउँपालिकाको नेतृत्वका लागि वियोगसँगै ऋषिकेश बुढा ‘सविन’ले पनि दावी गरेका थिए। तर, नेता पुनले सविनलाई अर्को कार्यकाल दिने भन्दै वियोगलाई अघि सारेका थिए। 

थवाङको नेतृत्वमा आफूनिकटका प्रतिनिधि पुर्याउन माओवादीका अर्का नेता कृष्णबहादुर महराले पनि प्रयास गरिरहेका छन्। विनप्रसाद पुनलाई थवाङ गाउँपालिकाको नेतृत्व दिन महराले नेता पुन र पुन निकटका नेताहरुसँग छलफल गरिरहेको बताइएको छ। एउटै गाउँपालिकामा माओवादीकै दुई पक्ष देखिएपछि यसपालिको चुनाव थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ। त्यसो त हरेक चुनावमा थवाङको अभ्यास चर्चामा आइरहन्छ। यसपालि भने पार्टीभित्रैको आन्तरिक द्वन्द्वले झन् चर्चामा आउने अनुमान गरिएको छ।  

National life insurance

थवाङको वस्तुस्थिति

०७४ सालको चुनावमा करिब १९ सय मतसहित थवाङ गाउँपालिकाको नेतृत्व हात पारेका वियोग यसपालिको चुनावमा दोहोरिने मनस्थितिमा छैनन्। उनको सम्भावना पनि नरहेको स्थानीय माओवादी नेताहरु बताउँछन्। किनकि, अघिल्लो चुनावमा उनले अर्को कार्यकाल नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने भनेर सहमतिमै नेतृत्व हात पारेका थिए। 

थवाङ गाउँपालिकामा ५ वटा वडा छन्। वडा नम्बर १ र २ (ठूलो गाउँ) थवाङको मुख्य ठाउँ हो। वडा नम्बर १ मा रहेका करिब डेढ सय घरधुरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पछ्याइरहेका छन्। यसकारण पनि यस वडामा उम्मेदवारी दिने जुन पार्टीको जो कोहीलाई जित निकाल्न कठिन नै छ। तर कोही राम्रो स्वतन्त्र उम्मेदवार उठेमा भने आफूहरुले सहयोग गरेर मत दिन सक्ने विप्लव समूहका स्थानीय नेता सन्तोष बुढाले बताए। उनले भने, ‘हामी जनमत संग्रहको पक्षमा थियौं, तर भएन। यस्तो चुनावी संस्कार हाम्रो बहिष्कार हो। हामी माओवादीकै उम्मेदवारलाई पनि भोट दिन्नौं, तर कोही राम्रो स्वतन्त्र उम्मेदवार उठेमा सोच्न सकिन्छ।’ 

त्यस्तै वडा नम्बर २ मा करिब दुई सय घरधुरी छन्। यहाँका आधा जनता माओवादी निकट छन् भने आधाजति विप्लवको पार्टीका। सकभर यस वडामा पनि वडा नम्बर १ कै रणनीति अपनाइने नेता बुढाले जानकारी दिए। 

०१२ सालयता विभिन्न दशकमा भएका चुनावमा फरक फरक अभ्यास गर्दै आएको थवाङ यसपालि पनि अपवाद बन्ने संकेत देखिएको छ। संघीय संरचनाले भद्रगोल बनेको थवाङले यसपालिको निर्वाचनमा पनि फरक कदम चाल्ने संकेत देखाएको हो। 

वडा नम्बर ३ हो मिरुल। यस वडामा भने माओवादी केन्द्रसहित अन्य दलका विभिन्न प्रतिनिधिहरुले उम्मेदवारी दिने तयारी गरिरहेका छन्। यहाँका ७० प्रतिशत जनता भने माओवादी निकटकै छन्। वडा नम्बर ४ उवा (घोडावाङ) र वडा नम्बर ५ उवा (ठूलोगाउँ)मा पनि माओवादीसहित अन्य विभिन्न दलका प्रतिनिधिहरुले उम्मेदवारी दिने तयारी गरिरहेका छन्। 


प्रकाशित: Apr 13, 2022| 15:53 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...