आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति, राप्रपा पनि सूर्य चिह्नमै लड्ने

एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति, राप्रपा पनि सूर्य चिह्नमै लड्ने

दुवै पार्टीबीच भएको ५ बुँदे सहमतिमा देशभर तालमेल सम्भव भएका सबै पालिकामा तालमेल गर्ने सहमति भएको उल्लेख छ। यस्तै राप्रपाले पनि सूर्य चिन्ह लिएरै तालमेल गर्ने सहमतिपत्रमा उल्लेख छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपाल स्थानीय निकाय परिचालन विभाग प्रमुख सुशीलकुमार श्रेष्ठबीच तालमेल गर्ने सहमतिमा हस्ताक्षर भएको हो। 

दुवै पार्टीबीच भएको ५ बुँदे सहमतिमा देशभर तालमेल सम्भव भएका सबै पालिकामा तालमेल गर्ने सहमति भएको उल्लेख छ। यस्तै राप्रपाले पनि सूर्य चिन्ह लिएरै तालमेल गर्ने सहमतिपत्रमा उल्लेख छ। 

केही समयअघि राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल गठन गरेका थिए। 

प्रकाशित: Apr 13, 2022| 14:45 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...