आइतबार, साउन ३१, २०८३

कांग्रेसले बोलायो निर्वाचन परिचालन समिति बैठक

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बोलाएको छ। वैशाख २ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेसले जनाएको छ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक सानेपामा बस्नेछ। उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले आवश्यक रणनीति तय गर्न बैठक बोलाएको हो।

कांग्रेसले स्थानीय चुनावमा पाँचदलीय गठबन्धन मिलेर जाने सहमति गरेको छ। सोही विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेसले निर्वाचन परिचालन समितिको बैठक बोलाएको जनाइएको छ।

प्रकाशित: Apr 13, 2022| 06:35 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...