आइतबार, साउन ३१, २०८३

भरतपुर महानगरको मेयर माओवादीले पाउने

भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

चितवन-  भरतपुर महानगरपालिकाको मेयर फेरि नेकपा माओवादी केन्द्रले पाउने भएको छ। चितवनका नेता कार्यकर्ताको तीव्र दबाबका बाबजुत प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर माओवादीलाई दिन तयार भएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका फेरि माओवादीलाई दिन तयार भएकाछन्।

प्रधानमन्त्री स्रोतका अनुसार यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित भएको हो।

प्रकाशित: Apr 13, 2022| 11:30 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...