आइतबार, साउन ३१, २०८३

मन्त्री अथक र राजदूत गोवीबीच भेटवार्ता

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालका लागि अर्जेन्टिनाका राजदूत डा. ह्युगो जाभियर गोवीबीच शिष्टाचार भेटवार्ता भएको छ। 

राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थिति युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री अथकसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा मन्त्री अथक र राजदूत गोवीबीच दुई देशबिचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो। भेटकै क्रममा मन्त्री अथकले नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेललागि गर्नुभएको प्रस्तावमाथि राजदूत गोवीले सहमति जनाएका थिए।

दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझैँ प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री अथकले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका छन्।

प्रकाशित: Apr 13, 2022| 08:35 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...