आइतबार, साउन ३१, २०८३

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनीहरूको भेटवार्ता जारी छ। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन्।

पार्टीलाई चुनावमा सहभागी हुने वातावरण तयार गर्न विप्लव नेकपाले माग गर्दै आएको थियो। सोही विषयमा छलफलका लागि महासचिव र प्रवक्ता बालुवाटार पुगेको नेकपा स्रोतले जानकारी दिएको छ। 

स्थानीय तहको निर्वाचनअघि आफ्नो दलका नेता-कार्यकर्ता छुटाउन उक्त पार्टीले दबाब बढाउँदै लगेको छ। 

प्रकाशित: Apr 13, 2022| 14:01 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...