आइतबार, साउन ३१, २०८३

पुष्पराम केसी सशस्त्रको आईजीपीमा नियुक्त

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं- मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

शैलेन्द्र खनाल गत सोमबार ४ वर्षे पदावधिका कारण अवकाशमा गएर सशस्त्र प्रहरी बल नेतृत्वविहीन भएको थियो। खनालले पहिलो नम्बरका एआईजी केसीलाई चार्ज बुझाएर बिदा भएका थिए। उनै निमित्त आईजीपीको जिम्मेवारी पाएका केसीलाई सरकारले आईजीपीमा बढुवा गरेको हो। 

प्रकाशित: Apr 13, 2022| 12:43 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...