आइतबार, साउन ३१, २०८३

भरतपुर महानगरमा निर्वाचन अधिकृत हेरफेर

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरिएको छ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

काठमाडौं-  चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरिएको छ।

पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ।  

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन्। उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश थिए।  

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले सूचनामार्फत जानकारी दिएको छ।

प्रकाशित: Apr 13, 2022| 11:35 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...