आइतबार, साउन ३१, २०८३

गौरीगंगामा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगंगामा गठबन्धन नगर्ने निर्णय गरेको हो।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

सुखड- कैलालीको गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेसले गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको पार्टी नगर कमिटीको पूर्ण बैठकले स्थानीय निर्वाचनमा गौरीगंगामा गठबन्धन नगर्ने निर्णय गरेको हो। 

कांग्रेस एक्लै बलियो भएकोले चुनावी गठबन्धन नगर्ने निर्णय भएको पार्टीले जनाएको छ। नगर सभापति पहल विक्रम चन्द र सचिव हेमन्तराज जोशीले एक विज्ञप्ति सार्वजनिक गर्दे वैशाख ३० मा हुने निर्वाचनमा गठबन्धन गर्दा पदीय भागबन्डा र कांग्रेसमा प्रतिकुल असर पर्ने तथा आम कार्यकर्तामा झन् निरास छाउँदै गएको सिंगो नगरमा कांग्रेस एकजुट, एकतृत भई गठबन्धनको आवश्यकता नरहेको उल्लेख गरेको छ ।

यस्तै, एक्लै चुनाव प्रतिस्पर्धामा जाँदा सम्मानजनक सफलता प्राप्त हुने हुँदा नगरको कुनै पनि वडा नगरमा कुनै प्रकारका गठबन्धन स्वीकार्य नहुने बताएको छ। सोमबार मात्र जिल्लाको घोडाघोडीमा गठबन्धन नगर्ने निर्णय गरेको थियो।

कांग्रेस गौरीगंगा नगर समितिले जिल्ला, प्रदेश र केन्द्रलाई पत्रसमेत पठाएको  छ।



प्रकाशित: Apr 13, 2022| 11:41 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...