काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले पनि राप्रपा परित्याग गरेकी छन्।
गत महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित रायमाझीले साधारण सदस्यसमेत नरहने पार्टी परित्याग गरेकी हुन्।
राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले पार्टी परित्याग गरेको उनले बताएकी छन्।