विद्यार्थीकालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय उनी हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष छन्।
महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि सर्वसम्मत रूपमा सिफारिसमा परेका हुन्।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ।
पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मङ्गलबार टुङ्ग्याउने भएको छ।
जनसम्पर्क समितिमा क्रियाशील सात समुद्रपारि बसेकाहरूलाई समेत आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभाका विभिन्न स्थानमा धमाधम टिकट वितरणका लागि सिफारिस गर्दैछ नेपाली कांग्रेस।
संघीय सरकारले लोकतन्त्रको पहिलो पाठशाला स्थानीय तहले पाएका अधिकारसमेत आफैं राखेर ठूला राजनीतिक दलहरूले संघीयतामाथि प्रश्न उठाउने वातावरण बनाएको प्रदेश सांसदहरूको दाबी।