आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले भन्‍यो- कोरोनामा भएको मानवीय क्षतिको जिम्मेवार ओली, कुशासन र भ्रष्टाचार संस्थागत

कांग्रेसले भन्‍यो- कोरोनामा भएको मानवीय क्षतिको जिम्मेवार ओली, कुशासन र भ्रष्टाचार संस्थागत

नेपाली कांग्रेसले कोभिड-१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- नेपाली कांग्रेसले कोभिड-१९ को महामारीका कारणले भएको मानवीय क्षतिको मुख्य जिम्मेवार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली रहेको आरोप लगाएको छ।

कांग्रेसले शनिबार चुनावी घोषणापत्रमा कोभिड–१९ बाट लाखौं संक्रमित र हजारौं नागरिकको मृत्यु भएको मानवीय संकटको घडीमा समेत ओली नेतृत्वको सरकार नागरिकको स्वास्थ्यमा खेलवाड गरी कमिसनको खेलमा डुबेको उल्लेख गरेको छ।

‘जनताको स्वास्थ्य प्रति यो हदसम्म गैरजिम्मेवार र असंवेदनशील सरकार नेपालको इतिहासमा अहिलेसम्म थिएन’, घोषणापत्रमा भनिएको छ। २०७६ चैतमा पहिलो पटक नेपालमा देखिएको कोरोना महामारीका कारण हालसम्म नेपालमा १० लाख भन्दा धेरै संक्रमित भएका छन् भने १२ हजार १९ जनाको मृत्यु भएको छ।

‘कुशासन र भ्रष्टाचारको सबैभन्दा ज्वलन्त उदाहरण कोभिड महामारी नियन्त्रण र रोकथामका लागि सरकारी उदासिनता तथा मेडिकल सामग्री खरिदमा भ्रष्टाचार र कमिसन प्रकरण हो’, घोषणापत्रमा कांग्रेसले भनेको छ, ‘महामारी सुरु भएपछि कोभिड नियन्त्रण गरी जनताको जीवन रक्षा गर्ने सरकारको अनिवार्य प्राथमिक दायित्व थियो। तर महामारी नियन्त्रण रोकथाम र उपचारको सम्बन्धमा तत्कालिन सरकारले प्रारम्भदेखि नै गम्भीर त्रुटी गर्दै आयो।’

ओली सरकारले महामारी नियन्त्रणका लागि उपयुक्त नीति र कार्ययोजना तय नगरेको र परीक्षण, उपचार, औषधी, क्वारेन्टिन र अस्पतालको व्यवस्थापन गर्न संवेदनशील नभएको कांग्रेसले आरोप लगाएको छ।

प्रकाशित: Oct 29, 2022| 15:25 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...