आइतबार, साउन १७, २०८३

सञ्चार माध्यमलाई आयोग र मतदाताबीच सेतुको काम गर्न सुझाव

सञ्चार माध्यमसँगको सहकार्य र समन्वयलाई आयोगले महत्त्व दिइएको निर्वाचन आयुक्त तुलाधरको तर्क।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

काठमाडौं- निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचन सफल बनाउन सञ्चार माध्यमले सही सूचना प्रवाह गरी आयोग र मतदाताबीच सेतुको काम गर्नुपर्ने सुझाएकी छन्। 

शनिबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोग र राष्ट्रिय समाचार समितिको सहकार्यमा धनगढीमा आयोजित सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै आयुक्त तुलाधरले यस्तो बताएकी हुन्।

संविधान र कानुनले दिएको अधिकार र कार्यक्षेत्रबमोजिम आयोगले निर्वाचनको समग्र व्यवस्थापन र तयारी गरिरहेको उनले जानकारी दिइन्। सञ्चार माध्यमसँगको सहकार्य र समन्वयलाई पनि उत्तिकै महत्त्व दिइएको उनले बताइन् । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गराउने क्रममा आयोगको नेतृत्व र सबैको दायित्व भन्ने मान्यतालाई स्थापित गर्नुपर्नेमा उनको जोड छ।

‘निर्वाचनका क्रममा सही सूचनाको संवाहक पत्रकार नै हुन्। पत्रकारका सही सूचना हाम्रा लागि कोसेढुंगा हुन्छन्’, आयुक्त डा. तुलाधरले भनिन्, ‘आममतदाताले दिने हरेक मत बदर नहोस् भन्नेमा आयोग सचेत छ। त्यसका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुनेछ।’ 

आयोगले निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र ढुवानीको काम करिब भइसकेको र पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य जारी रहेको उनले जानकारी दिइन्। आयोगले सूचना प्रेस अफिस, कल सेन्टर, ई–बुलेटिनजस्ता संयन्त्र सञ्चालन गरी सूचनाको सहज उपलब्धताका लागि काम गरिरहेको उनले बताइन्।  


प्रकाशित: Oct 29, 2022| 13:25 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...