आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • विनोद चौधरीले कांग्रेसमा ल्याए प्रतिस्पर्धी हृदयेश त्रिपाठीका स्वकीय सचिव

विनोद चौधरीले कांग्रेसमा ल्याए प्रतिस्पर्धी हृदयेश त्रिपाठीका स्वकीय सचिव

नेपाली कांग्रेस नवलपरासी सुस्ता पश्चिम-१ ले सुस्ताको ठाडीघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा त्रिपाठीकै प्रतिस्पर्धी कांग्रेसका विनोद चौधरीले हुसेनलाई पार्टी प्रवेश गराएका हुन्।
 |  शनिबार, कात्तिक १२, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १२, २०७९

नवलपरासी- नवलपरासी (सुस्ता पश्चिम)-१ मा प्रतिनिधि सभा सदस्यका लागि जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीका स्वकीय सचिव तथा सोही दलका केन्द्र‍ीय सदस्य क्रम हुसेन नेपाली काङ्ग्रेस प्रवेश गरेका छन्। 

नेपाली कांग्रेस नवलपरासी सुस्ता पश्चिम-१ ले सुस्ताको ठाडीघाटमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा त्रिपाठीकै प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार विनोद चौधरीले हुसेनलाई पार्टीमा प्रवेश गराएका हुन्।

स्थानीय निर्वाचनमा आधिकारिक उम्मेदवारलाई छोडी अन्यलाई सघाएको र पार्टीभित्रै आफूलाई उपेक्षा गरिएकाले आफू कांग्रेस प्रवेश गरेको हुसेनले बताएका छन्। त्रिपाठीले आफूलाई सधैँ प्रयोग गरेको र संगठनको भविष्यसमेत नरहेकाले आफूले नेपाली काङ्ग्रेस रोजेको उनको भनाइ छ।

सुस्तामा क्रम हुसेनसहित अन्य दलबाट समेत कार्यकर्ताहरु कांग्रेस प्रवेश गरेको बताइएको छ। 

प्रकाशित: Oct 29, 2022| 20:04 शनिबार, कात्तिक १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...