आइतबार, साउन १७, २०८३

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्छ : बिरोध खतिवडा

नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन्।
 |  आइतबार, कात्तिक १३, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १३, २०७९

मकवानपुर- नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताएका छन्। 

अहिले देशमा विगतमा परिवर्तनका लागिसँगै आन्दोलनमा लागेका दलको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलका बीचको अर्को गठबन्धनका बीच चुनाव हुन लागेकाले जनता सचेत हुनुपर्ने बेला भएको उनले बताए।

शनिबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरुमा बाम लोकतान्त्रिक संयुक्त गठबन्धनको निर्वाचन परिचालन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा खतिवडाले यस्तो बताएकी हुन्। उनले बयलगडा चढेर अमेरिका पुगिदैन भन्ने केपी शर्मा ओली लोकतन्त्र विरोधी भन्ने पुष्टि भएको बताए।

एमालेका नेता कार्यकर्ताहरू अहिले हिजोका मन्डलेसँग रानजीनिक पाठ सिक्ने काममा लागेकोप्रति व्यङ्ग्य गर्दै नेता खतिवडाले हिजोका दुस्मनलाई आज चुनावको टिकट दिएको उल्लेख गरे। देशलाई अग्रगमनमा लैजान बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे।

कार्यक्रममा प्रतिनिधीसभा २ को प्रदेशसभा (क) की उम्मेदवार कुमारी मोक्तानले अहिले पार्टीभन्दा पनि गठबन्धनका तर्फबाट आफूहरूको उम्मेदवारी भएकाले इमान्दारी पूर्वक गठबन्धनका उम्मेदवार जिताउन आग्रह गरिन्।

यस्तै, नेपाली कांग्रेसका मकवानपुरगढी गाउँपालिकाका सभापति राजवीर मोक्तानले गठबन्धनका उम्मेदवारले जितेमा मात्र मुलुकमा विकास हुने तथा देशमा प्रात उपलब्धिको रक्षा हुने बताए। नेपाली कांगेस वडा नम्बर ८ का सभापति वेदनाथ न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो।

बाम लोकतान्त्रिक गठबन्धनको शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को निर्वाचन परिचालन सम्पर्क कार्यालय उद्घाटन गरिएको  छ। कार्यक्रममा उम्मेदवारद्घय खतिवडा र मोक्तानको आतिथ्यता थियो।

प्रकाशित: Oct 30, 2022| 08:45 आइतबार, कात्तिक १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...